२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

अ+ अ-

काठमाडौं । नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ । यथार्थमा भने यो कुनै कुशल सञ्चालक नभएर मानवरहित यन्त्र अर्थात् रोबोट थियो ।

साँच्चिकै उद्घोषिकाले जस्तै गरी कार्यक्रम सञ्चालन गरिरहेको त्यो दृश्यले विमानस्थलमा उपस्थित सबैको ध्यान खिच्यो । सेलीब्रेटी रोबोटसँग फोटो र सेल्फी खिच्नेको भिडै लाग्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि दुई रोबोट पर्यटन परीसँग तस्बिर लिन अघि सरे । उक्त क्षणको त्यहाँ उपस्थित फोटो पत्रकारले तस्बिर कैद गर्ने होडबाजी चल्यो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारको दृश्य अलिक फरक थियो । पर्यटन परी नाम दिइएका दुई रोबोटले विमानस्थलमा आउने पाहुनालाई स्वागत गर्न तम्तयार देखिन्थे । त्यतिमात्रै हैन रोबोटले कार्यक्रम सञ्चालन गरेको दृश्य झनै रोचक बन्यो ।

विदेशी पर्यटक तथा स्वदेशी जो कोहीलाई विमानस्थलको आवश्यक सेवा र नेपालको पर्यटकीय गन्तव्यबारे भरपुर जानकारी दिन रोबोटले भूमिका निर्वाह गर्नेछन् । पर्यटनमन्त्री भट्टराईले आज एक कार्यक्रमबीच विमानस्थलमा दुई रोबोटको सेवा शुभारम्भ गरे ।

पाइला टेक्नोलोजी प्रालिले दुई रोबोट निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुरु गरेको हो । नेपालकै प्राविधिक र प्राविधिक जनशक्तिबाट तयार गरिएको रोबोटले विमानस्थलको सेवालाई स्तरीय पार्ने मात्रै नभई नेपाल प्रविधिका क्षेत्रमा अग्रसर भइरहेको सन्देश प्रवाह गर्न सहयोग पुग्ने देखिन्छ ।

अन्य विकसित मुलुकको तुलनामा नेपालको प्रविधिले फड्को मारेको सन्देश विश्वलाई प्रवाह गर्न यो सेवाले सहयोग पुग्ने नेपाल भ्रमण वर्ष सचिवालयका उपसचिव राजन पौडेल बताउछन्। उनले नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने तथा सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्दै नेपाल प्रविधिलाई जोड दिन चाहन्छ भन्ने सन्देश दिन सहयोगसिद्ध हुने उल्लेख गरे ।

पाइला टेक्नोलोजीका संस्थापक कार्यकारी निर्देशक आयुश कँसजुले विमानस्थलमा पुग्ने पर्यटक तथा सर्वसाधारणलाई आवश्यक पर्यटकीय सूचनासाथै विमानस्थलका विविध सेवाको जानकारी उपलब्ध गराउने उद्देश्यले रोबोट स्थापना गरिएको बताए ।

भ्रमण वर्षका सन्दर्भमा नेपालका कुनै पर्यटकीय गन्तव्य, पदयात्रा लगायतको सेवाको जानकारी रोबोटले दिनेछ । मानिसको सहायता लिनुपर्दैन । साथै विमानस्थलमा यात्रुले ब्यागेज काउण्टर, बैंक, सूचना केन्द्र, शौचालय आदि विषयमा जानकारी दिनेछ । नेपालमै पहिलो पटक प्रविधिको प्रयोग गरी जडान गरिएको यो रोबोटले अगाडि आउने र पछाडि जाने गतिविधि गर्छ । विमानस्थलले उपलब्ध गराएको जानकारी र तथ्याङ्कका आधारमा यसले सेवा दिन्छ । पर्यटक शुरुमा विमानस्थल पुग्दा रोबोटको सेन्सरका आधारमा नमस्कार गर्छ । दुवै हात जोडेरै नमस्कार गर्छ ।

सेवा क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले पाइला कम्पनीले सन् २०१७ देखि बैंकिङ तथा रेस्टुराँ क्षेत्रबाट शुरु गरिएको उनले उल्लेख गरे । कम्पनीले पहिलो पटक नेपाल एसबिआइ बैंकमा रोबोट सेवा दिएको थियो । दरबारमार्गस्थित नौलो रेस्टुराँमा रोबोटले सेवा दिन्छ । सन् २०१८ देखि यहाँ रोबोट सेवा शुरु गरिएको थियो ।

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रयासमा विमानस्थलमा रोबोट सेवा शुरु गरिएको हो । दुवै रोबोटको लागत करिब रु २० लाख रहेको बताइएको छ । विमानस्थलको आगमन र प्रस्थान कक्षमा सो रोबोट राखिनेछ ।

रोबोटले नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा कुरा गर्नसक्ने र विमानस्थलमा अलमलमा परेका यात्रु तथा सेवाग्राहीलाई सेवा दिनेछ । यो रोबोटसँग दोहोरो संवाद गर्न सकिन्छ । सेन्सरका आधारमा व्यक्तिलाई पहिचान गर्ने र डिजिटल प्रविधिका आधारमा कुनै व्यक्तिले सोध्न वा जान्न चाहेको विषयवस्तुको जानकारी दिनेछ ।

नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विमानस्थलमा अध्यागमन विभागबाट विकास गरिएको नेपालको ‘पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक पूर्वाधारसहितको अत्याधुनिक अध्यागमन सेवाले विमानस्थलको आधुनिक प्रणालीको सुधारलाई झल्काउँछ । उक्त सेवाको गत माघ १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिकका रुपमा रुपान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ । यसले विमानस्थलको स्वरुपलाई नयाँपन दिएको छ । विमानस्थलको सेवालाई आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने काम निरन्तर भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

पर्यटनमन्त्री भट्टराईले विमानस्थलको सेवालाई आधुनिक र विश्वस्तरीय बनाउन क्रमशः सेवा विस्तारका क्रममा रोबोट सेवा एक महत्वपूर्ण प्रयोग भएको उल्लेख गरे । अन्तर्राष्ट्रिय विमानस्थल अझै आधुनिक र प्रविधियुक्त हुँदैछ । ‘यात्रुलाई प्रदान गर्ने सेवा र सुविधाको हिसाबले सहयोग बढ्दै गएको छ त्यसको पछिल्लो उदाहरण रोबोट सेवा शुभारम्भ हो’, उनले भने । अहिले परीक्षणका रुपमा शुरु गरिएको यो सेवालाई उपयुक्त ठानिएमा अन्य विमानस्थलमा स्थापित गरिने उनको भनाइ थियो ।

रोबोटले विमानस्थलको सेवालाई थप स्तरीय बनाएको छ । विमानस्थलको अध्यागमन सेवाको अत्याधुनिक प्रविधिको प्रयोग तथा सरसफाइ र सेवासुविधालाई बढाउँदै लैजाने मन्त्री भट्टराईको भनाइ थियो ।

उनले अझै स्थानको अभाव र कतिपय प्राविधिक समस्याका कारण विमानस्थलले प्रभावकारी सुविधा दिन नसकेको भन्दै छिट्टै सञ्चालनमा आउने गरी निर्माण भइरहेका विमानस्थलको सेवालाई चुस्त र दुरुस्त पारिने उल्लेख गरे। रोबोटले कसरी काम गर्छ भनेर डेमो प्रदर्शनीसमेत गरिएको थियो ।