१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नैतिक शिक्षाको खाँचो : प्रदेश प्रमुख शेरचन

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले मुलुकलाई नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । पोखरा–१३ लामोडहरस्थित राइजिङ स्टार एकेडेमीको नवनिर्मित भवनको उद्घाटन तथा २१औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले विकसित घटनाक्रमले नैतिक शिक्षाको आवश्यकता रहेको बताए ।

प्रदेश प्रमुख शेरचनले परम्परागत शैक्षिक प्रणालीले देश विकासलाई अघि बढाउन नसक्ने हुँदा व्यावसायिक र प्राविधिक शिक्षा अवलम्बन गर्नुपर्ने बताए। उनले भने,‘अङ्ग्रेजी भाषा बोल्न जान्दैमा गुणस्तरीय शिक्षा हुन सक्दैन । भाषा शिक्षाको माध्यम मात्र हो ।’

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङले निजी विद्यालयले कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सरकारी नीति रहेको बताए ।

विद्यालयका निर्देशक ज्ञानबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, स्थानीय बुद्धिजीवी विष्णु बराल, प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा, एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, राइजिङ स्टार एकेडेमीका प्राचार्य सञ्जय पौडेल, विद्यार्थी खुशी विक, शिक्षिका अञ्जु दाहाललगायतले शिक्षाको महत्वमाथि प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस