२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीका १४ सडकका लागि थप २६ करोड बजेट

अ+ अ-

कास्की । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा निर्माणाधीन विभिन्न १४ सडक योजनामा थप रु २६ करोड बजेट विनियोजन गरेको छ । सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रातो किताबमा परेका योजनामा सम्बन्धित निर्वाचन क्षेत्रका सांसदको सिफारिसमा मन्त्रालयले थप बजेट उपलब्ध गराएको बताइएको छ ।

चालु वर्षका योजनामा थप बजेटका लागि सांसदसँग प्राथमिकताका आधारमा योजना माग भएकामा योजना छनोट गरी पठाएको मन्त्रालयले हालै योजना स्वीकृत गरी कार्यान्वयनका लागि सडक विभागलाई पठाएको युवा तथा खेलकूदमन्त्री एवं क्षेत्र नं ३ का सांसद जगतबहादुर विश्वकर्माले जानकारी दिए ।

निर्माणाधीन योजनामा बजेट अभावले काममा ढिलाइ हुन नदिन थप बजेटको प्रबन्ध गरिएको हो । प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं ३ का छ सडक योजनामा रु १० करोड तथा क्षेत्र नं १ र २ मा रु आठ/आठ करोडका दरले बजेट विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ का तालबेँसी–सिङ्दीहुँदै पसगाउँ जोड्ने सडक, शिसुवा देउराली फेदी सडक, बेगनास भञ्ज्याङ आनन्द ज्योति र राखी मिजुरे गरी चार सडकका लागि रु दुई करोडका दरले रु आठ करोड बजेट व्यवस्था गरिएको छ । क्षेत्र नं २ का चार सडक योजना महेन्द्र गुफा अर्मला मौजा सडक, मदन आश्रित पार्कदेखी भलाम, र्‍यालेचौर काहुखोला आर्वा सडक, अमलाबिसौनी घार्मी अम्रेश्वर सडक र चिसापानी सिगारेवास टक्सार सडकका लागि रु दुई करोडका दरले रु ८ करोड थप बजेट प्राप्त भएको छ ।

त्यसैगरी क्षेत्र नं ३ को विरेठाँटी चामे घान्द्रुक, लुम्ले तान्चोक भिचुक लान्द्रुक सडक तथा नयाँपुल विरेठाँटी घान्द्रुक उरी हुँदै छोम्रोङ र पोखरा पञ्चासे सडकलाई रु दुई करोडका दरले बजेट थप गरिएको छ । सोही निर्वाचन क्षेत्रको पोखरा नयाँ बसपार्क सराङकोट पँधेली लुम्ले सल्यान पर्वत सडक र अमला बिसौनी घार्मी अम्रेश्वर सडक योजनालाई समेत रु एक करोडका दरले बजेट व्यवस्था गरी यस क्षेत्रमा कूल १० करोड थप बजेट प्राप्त भएको छ । संघ सरकारअन्तर्गतका केन्द्रीय सडक योजनाको डिभिजन सडक कार्यालयले कार्यान्वयन गर्ने बताइएको छ ।