२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नआउने नै हो त संघीय निजामती सेवा ऐन ?

अ+ अ-

काठमाडौँ । संघीय निजामती सेवा ऐनमाथि छलफल सुरु भएको एक वर्ष भयो तर कहिले आउँछ भन्ने बारे अझै टुङ्गो छैन । यस बिचमा एक जना मन्त्री र दुई जना सचिवसमेत फेरिई सकेका छन् ।

समयमै ऐन नआउँदा स्थायी सरकारसमेत भनिने कर्मचारी प्रशासन अन्यौलता मात्रै छाएको छैन, अन्य सार्वजनिक क्षेत्रमासमेत प्रभाव परिरहँदा पनि सम्बन्धित पक्ष भने एक अर्कालाई देखाउनमै ठिक्क छन् । सुरुमा संघीय निजामती सेवा ऐनको मस्यौदा तयार गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै परिपक्व तवरबाट ऐनको मस्यौदा तयार गर्न नसक्नु र त्यसपछि संसद्को सुशासन तथा राज्य व्यवस्था समितिमा गिजोलिनु नै ठुलो दुर्भाग्य भयो ।

मुलुक संघीय संरचनामा प्रवेश गरिसकेपछिको सार्वजनिक प्रशासन कस्तो हुने भन्ने विषयमा तत्कालीन अवस्थामा सचिव दिनेश थपलिया जो हाल प्रमुख निर्वाचन आयुक्त छन् ले जे जसरी बृहत्तर सर्वपक्षीय तथा विज्ञसहितको व्यापक छलफलसहित मस्यौदा तयार गर्नुपर्थ्यो त्यो कमजोरी रह्यो भने त्यससँगै तत्कालीन मन्त्री लालबाबु पण्डितको लिंडेढिपि र एकोहोरोपनले ऐन केही समय अलमलमै रह्यो । यद्यपि तत्कालीन सचिव यादव प्रसाद कोइराला र मन्त्रीले विद्यमान ऐनमा नै जे जति सुधार गर्दै राज्य व्यवस्था समितिसँगको दफावार छलफल अन्तिम अन्तिम अवस्थामा पुग्दै थियो तब मन्त्री नै परिवर्तन भएपछि ऐन ठप्प प्रायः छ ।

राज्य व्यवस्था समितिको पटक पटकको बोलावट पछि हालका मन्त्री हृदयेश त्रिपाठीले यो बिचमा दुई पटक समय माग गरिसकेको छन् । पहिलो पटक केही महिना अघि तीन दिनको समय चाहियो भनेका मन्त्री त्रिपाठी महिनौँसम्म नफर्किएपछि पुनः समितिले ताकेता गर्दा दोस्रो पटक केही दिन समय चाहियो भनेको पनि हप्तौँ भई सकेको छ तर छलफल सुरु भएको छैन । स्रोतका अनुसार भोलि आइतबार पुनः छलफल सुरु हुने बुझिएको छ ।

मस्यौदामाथि गरिएको दफावार छलफलबाट दर्जनौँ विवादित विषयहरूलाई किनारा लगाउँदै दुई चार वटामा मात्र बहस केन्द्रित बनाएको भए पनि नयाँ मन्त्री आएसँगै टुंगिसकेका केही विषयमासमेत पुनः छलफल गरिनुपर्छ भनिएसँगै ऐन अझ लम्बिने पक्का छ ।