२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अपरिचित देखे तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउनू’

अ+ अ-

ललितपुर । गोदावरी नगरपालिकाले अपरिचित व्यक्ति गाउँ या टोल पसेको देखेमा त्यस्ता व्यक्तिलाई रोक्न तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ ।

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको जोखिम मुलुकमा बढ्दै जाँदा एक महिलाको समेत मृत्यु भएको समयमा आफू पनि सुरक्षित रहने र आफ्नो गाउँ या समुदायलाई पनि सुरक्षित बनाउन नगरपालिकाले उक्त सूचना जारी गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचनामा चिया र मदिरा पसल पूर्णरूपमा बन्द गर्न आह्वान गरिएको छ । किराना, तरकारी तथा खाद्यान्न पसल बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न दिइने बताइएको छ । आवश्यक कामकाजबाहेक एक गाउँटोलबाट हिँडडुल गर्न र सार्वजनिकस्थलमा जमघट नहुन सूचनामा अनुरोध गरिएको छ ।

गोदावरीका औषधि पसल २४सै घण्टा खोल्न सकिने र कृषि तथा खेतीपातीसम्बन्धी कार्य गर्दा भीडभाड नगरी थोरै सङ्ख्यामा सामाजिक दूरी कायम राखी गर्न र गराउनसमेत अपिल गरिएको छ ।

आज र भोलि कोरोना परीक्षण हुँदै
गोदावरीमा आज र भोलि दुई दिन कोरोना परीक्षण गरिने भएको छ ।

कारोना महामारीको समयमा अग्रपङ्क्तिमा रहेर काम गरिरहनुभएका स्वास्थ्य, सञ्चार र सुरक्षकर्मी, राहत वितरण कार्यमा खटिनुभएका व्यक्ति, औषधि पसल र फोहरमैला व्यवस्थापनमा कार्यारत मानिसलगायत कोभिड–१९ प्रभावित जिल्लाबाट आएका व्यक्ति, एम्बुलेन्स चालक, वडामा आएका नयाँ व्यक्ति, तरकारी बिक्री वितरणमा संलग्न व्यक्ति तथा जनप्रतिनिधिको आरडिटी र पिसीआर दुवै माध्यमबाट परीक्षण गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।