स्याङजा । स्याङजाका ३४ जना कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । भीरकोट स्थित कालिका सामुदायिक अस्पतालको आइशोलेसनमा रहेका ३४ जना संक्रमित शनिबार डिस्चार्ज भएका हुन् ।
पछिल्लो पटकको परीक्षण रिपोर्टमा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
अस्पतालमा उपचारत ४१ जना संक्रमितका दोस्रो पटक परीक्षणका लागि नमूना स्वाव पठाइएको थियो । तीमध्ये ३४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । अन्य ७ जनाको भने दोस्रो परीक्षण रिपोर्ट पनि पोजिटिभ नै आएको छ ।
डिस्चार्ज हुनेमा गल्याङ नगरपालिकाका १६ जना, वालिङ नगरपालिकाका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना छन् ।
योसँगै स्याङजामा कोरोना जितेर घर फर्कनेको संख्या ५६ पुगेको छ । जिल्लामा संक्रमितको संख्या १ सय ५९ पुगेको छ । तीमध्ये २ जनाको मृत्य भएको छ ।