९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशबाट फर्किने नेपालीलाई होटलले सेवा उपलब्ध गराउने

अ+ अ-

काठमाडौं । विदेशबाट उद्धार गरी हवाई उडानमार्फत स्वदेश फर्काइने नेपालीलाई होटल संघ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् ।

संघले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट स्वीकृत कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने विश्व स्वास्थ्य सङ्गठनको सिफारिस अनुरुपको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी विदेशबाट स्वदेश फर्काइने नागरिकलाई होटलको सेवा उपलब्ध गराउने जनाएको हो ।

स्वीकृत सरकारी प्रक्रिया अनुसार पाहुना न्यूनतम सात रात होटलमा अनिवार्य वस्नुपर्ने र पीसीआर परीक्षणबाट सङ्क्रमण नभएको प्रमाणित भएपछिमात्र चेकआउट गर्न पाउनेछन् । पाहुनाहरुले अनिवार्य रुपमा सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बिहान बेलुकाको सबै खानापिना होटलबाटै उपलब्ध गर्नुपर्ने जस्ता व्यवस्था गरिएको संघले जनाएको छ ।

सरकारको स्वास्थ्य मापदण्ड अनुरुपका उपकरण र सामग्रीहरु सदस्य होटलले व्यवस्थापन गरी कामदार कर्मचारीलाई कोभिड— १९ सङ्क्रमण रोकथाम सम्बन्धमा नेपाल पर्यटन बोर्डको सहकार्यमा अभिमुखीकरण तालीम समेत गराई सकिएको होटल संघले विज्ञप्तिमा उल्लेख गरेको छ । क्वारेन्टिनका लागि सेवा उपलब्ध गराउने होटल संघका सदस्य होटल पर्यटकस्तरीय देखि पाँच तारेसम्म छन् ।

मूल्य अभिवृद्धि कर र सेवा शुल्क समावेश गरी पर्यटक स्तरीय सदस्य होटलहरुले दिने सेवा र पाहुनाले तिर्ने न्यूनतम रकमसमेत स्वीकृत भएको जानकारी दिइएको छ । राष्ट्रिय सङ्कटको वर्तमान अवस्थामा सरकारको आह्वानमा सदस्य होटलहरुले उपलब्ध गराउने सेवाहरु नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यबाट अभिप्रेरित भएको हुँदा प्रतिव्यक्ति न्यूनतम १८ सय र त्यस माथिको होटलको स्तरअनुसारको शुल्क स्वीकृत भएको पनि संघले जनाएको छ ।

होटल संघका सदस्य होटल पर्यटन विभागअन्तर्गत रही सम्बन्धित कर कार्यालयमा दर्ता भई नेपाल सरकारको होटल मापदण्ड अनुसार सञ्चालनमा रही आएको पनि होटल संघ नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस