९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीद्वारा १४ लाखको पटाका र लत्ताकपडा बरामद

अ+ अ-

झापा । चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ ।

प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट रु १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको कुर्था, तन्ना, ढाका कपडा, थान कपडालगायत रु सात लाख २१ हजार ७०० को सामान पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज मेची भन्सार कार्यालयमा दाखिला गरेको छ ।

यसैगरी, मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट १३ बोरा आतिसबाजी (पटाका)सहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजित दर्जी र टेम्पो चालक २९ वर्षीय विश्वनाथ प्रधान रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

मे १ ह ५५२७ नं को टेम्पोमा मङ्गलबार साँझ चेकजाँच गर्दा प्रहरीले बरामद गरेको ती पटाकाको मूल्य रु सात लाख रहेको छ । टेम्पोसहित पक्राउ परेका चालक प्रधान र पटाका आयातकर्ता दर्जीलाई कानूनी कार्वाहीका लागि धुलाबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

तिहार र छठ पर्व नजिकिँदै गएका कारण भारतबाट लुकिछिपी पटाका र अन्य सामान तस्करी हुनसक्ने सम्भावनालाई दृष्ट्रिगत गरी प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस