२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङको सुन्दरहरैंचामा खोलामा डुबेको अवस्था युवकको शव फेला

अ+ अ-

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक युवकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार नगरपालिका-५ का स्थानीय २५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलामा डुबेको अवस्थामा फेला परेको हो।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार खोलाको पुलबाट करिब १० फिट तल खोलामा उनको शव भेटिएको हो। स्थानीयले बिहीबार बिहान करिब साढे ६ बजे शव देखेपछि प्रहरीलाई खबर गरेको थिए।

प्रहरी निरीक्षक ढकालले घटनास्थल पुलमा को ३७ प ७४४५ नम्बरको मोटरसाइकल लडिरहेको अवस्थामा भेटिएको जनाकारी दिए। चौधरीको शव पुलमुनि र पुलमा मोटरसाइकल भेटिनुले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले मोटरसाइकल धनी राजेश चौधरी सम्पर्कमा नआएको बताए। २२ वर्षीय चौधरी प्रहरी सम्पर्कमा नआउँदा घटना थप शंकास्पद भएको उनले बताए।

मोटरसाइकलमा बुधबार दिउँसो करिब ४ बजे सुरज र राजेश दुवै जना सँगै बाहिर निस्किएका थिए।

मोटरसाइकलमा यात्रा गरिरहेका बेला दुर्घटनामा परी खोलामा खसेर डुबेपछि उठेर बाहिर निस्कन नसक्दा सुरजको त्यहीँ मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।