२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं २ मा ४१७ अस्थायी दरबन्दी थप

अ+ अ-

सर्लाही । प्रदेश नं २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ ।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो । प्रदेशभरका आठै जिल्लामा दरबन्दी थपिएको र सर्लाहीमा ३२ जनाको अस्थायी दरबन्दी थप गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले सर्लाहीका लागि ३२ सहित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिराहा, जलेश्वर, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ दरबन्दी थप गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा कोरोना सङ्क्रमण व्यवस्थापनका लागि सर्लाहीका फोकल पर्सन रामनरेश रायले जानकारी दिए ।

कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थप गरिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको पद रहेको छ । थप गरिएका दरबन्दीमा अस्पतालले आवश्यकताका आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसै गरी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी न्यूनीकरण गर्न भन्दै प्रदेश सरकारका मन्त्रीलाई फोकल पर्सन बनाउँदै जिल्लाको जिम्मेवारी निर्धारण गरेको छ । सर्लाही र रौतहटका लागि उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रायलाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

सप्तरीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिराहाका लागि आर्थिक, मामिला तथा योजना मन्त्री विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको हो । जिम्मेवारी तोकिएका मन्त्री सम्बन्धित जिल्ला र प्रदेश सरकारबीच कोरोना महामारी नियन्त्रण तथा न्यूनीकरणका लागि निरन्तर खटिने भएका छन् ।