२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोपका लागि पहल भइरहेको छ : मन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन् । उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री राईले कोरोना सङ्क्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताइन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकका लागि खोपको व्यवस्था गर्न माग गरे । वैकल्पिक विधिबाट शिक्षालाई अगाडि बढाउने भन्दै उनले भने, ‘सधैँ विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।’

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवश्यक रहेकामा जोड दिए । उनीहरूले खोपलाई प्राथमिकता दिन आग्रह गरे ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उनले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।