२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बनेपा नगरपालिकाको बजेट १ अर्ब ५५ करोड

अ+ अ-

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको आज सम्पन्न भएको नगरसभाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र व्यवस्थित पार्किङसहित नगरलाई हरियाली प्रवर्द्धन गर्ने लगायतको नीति तथा कार्यक्रमलाई अगाडि सारेको छ । सभाबाट आगामी आर्थिक वर्ष २०७८–०७९ को लागि रु १ अर्ब ५५ करोड ६९ लाख ६८ हजारको बजेट प्रस्तुत गरिएको छ ।

नगरसभामा नगर प्रमुख तथा सभा अध्यक्ष लक्ष्मीनरसिं बादेले आर्थिक वर्ष २०७८–७९ निति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुर्याउने, सडकका दायाँबायाँ पैदल यात्रुका लागि फुटपाथ निर्माणसहित हरियाली प्रबद्र्धन गर्ने, चण्डेश्वरी मन्दिरदेखि गोसाइस्थानसम्म एक हजार ६०० सिँढी सम्पन्न गर्ने, फोहोरमैला व्यवस्थापन, नगरभित्रका मठमन्दिर पाटीपौवा, गुठी पोखरीलगायत पौराणिक, धार्मिक तथा सांस्कृतिक सम्पदाका संरक्षणमा जोड दिने, भौतिक पूर्वाधार विकास, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण तथा प्रबद्र्धन र पर्यटनजस्ता विषयलाई प्राथमिकतामा राखिएको योजना प्रस्तुत गरे ।

यसैगरी जनतासँग मेयर कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, सार्वजनिक शौचालय, नमूना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा खेलकूद पार्क, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवालगायत बाजे बजैपार्क पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु २६ करोड ९ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु दुई करोड ३२ लाख, सामाजिक विकासतर्फ रु पाँच करोड ५० लाख पूर्वाधार विकासतर्फ रु १० करोड ६८ लाख लगायत विभिन्न क्षेत्रमा प्रस्ताव गरिएको छ ।

नगर सभामा उप–प्रमुख रेखा सापकोटा दाहालले यसअघि अगाडी सारेको ‘म बनाउँछु, मेरो बनेपा’ भन्ने नारालाई सार्थकता दिने गरी बजेट प्रस्तुत गरेका हुन् । उपप्रमुख रेखा सापकोटाले आर्थिक वर्ष २०७७–०७८ को स्थिति समिक्षा प्रस्तुत गर्दै चालू वर्षमा भएका विकास निर्माण तथा कोभिड नियन्त्रणमा नगरपालिकाले गरेका गतिविधिबारे जानकारी गराए । त्यस्तै नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८–०७९ आर्थिक विधेयक तथा विनियोजन विधेयक प्रस्तुत गर्दै बजेटले समग्र क्षेत्रमा नागरिकको अभिभावक नगरपालिका भएको महसुस हुने गरी बजेटले समेटिएको प्रमुख प्रशासकीय कविराज उप्रेतीले बताए ।