काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विष्णु पौडेलले विपद् व्यवस्थापनसम्बन्धी बैठक बोलाएका छन् ।
देशभर वर्षा, बाढी र पहिरोका कारण जोखिम बढिरहेका बेला तत्काल उद्धार तथा राहतका लागि जुट्न भन्दै विपद् व्यवस्थापनसम्बन्धी बैठक बोलाइएको हो ।
बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा विभागीय प्रमुखहरू सहभागी रहेको बताइएको छ ।
बाढी पहिरोबाट जोखिममा रहेका क्षेत्रको बारेमा जानकारी दिने र सतर्कता अपनाउने बारेमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।







