काठमाडौँ । मुख्य सचिव शंकरदास वैरागीले शासन र प्रशासन पुस्तकको विमोचन गरेका छन् । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभागीय कार्यसमितिले निजामती सेवा दिवस २०७८ को अवसरमा प्रकाशन गरेको शासन र प्रशासन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वैरागीले विमोचन गरेका हुन् ।
सार्वजनिक प्रशासनका विविध विषयमा विज्ञ लेखकका लेखहरू सङ्कलन गरी प्रकाशन गरिएको शासन र प्रशासनले सार्वजनिक प्रशासनको सुधार,सेवा प्रवाहमा प्रभावकारिता र सुशासन कायम गर्ने लक्ष्य प्राप्तिका साथै कर्मचारीहरूको वृत्ति विकासमा थोरै भए पनि योगदान पुर्याउने प्रकाशकको अपेक्षा रहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभागीय कार्यसमितिका अध्यक्ष केदार प्रसाद खतिवडाले बताए ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभागीय कार्यसमितिका सचिव शालिकराम कोइरालाको सम्पादन संयोजकत्वमा केदार प्रसाद खतिवडा, सुरथ पोख्रेल, महेश विक्रम लागेजु, युवराज पंज्ञानी, बालचन्द्र पुनस्, नवीन लामिछाने सदस्य रहेको सम्पादन समूहबाट शासन र प्रशासनको सम्पादन गरिएको हो ।







