८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज काँग्रेस ललितपुर सभापतिका लागि मतदान हुँदै

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति पदका लागि शनिबार मतदान हुने भएको छ ।

१४औं महाधिवेशन अन्तर्गत शुक्रबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा आज मतदान हुने काँग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापति पदमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

सभापति पदमा जितेन्द्र कुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारको उम्मेदवारी परेको हो । श्रेष्ठ र महर्जनले काँग्रेस नेता उदय शम्शेर राणाको समूहबाट उम्मेदवारी दिएका हुन् भने चित्रकारलाई जिल्ला सभापति मदन अमात्यको समर्थन रहेको छ ।

सभापतिमा प्रतिस्पर्धा गरेका श्रेष्ठ र महर्जनले बाँकी कार्यसमितिमा भने संयुक्त प्यानल बनाएका छन् । सभापतिमा दुई जनाबीच सहमति नजुटेपछि निर्वाचनमा दोस्रो चरणमा बढी मत ल्याउनेलाई सहयोग गर्ने समझदारी उनीहरुबीच भएको छ ।

श्रेष्ठ र महर्जन अघिल्लो जिल्ला अधिवेशनमा पनि सभापतिका उम्मेदवार थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा महर्जनले सभापतिका अर्का उम्मेदवार अमात्यलाई सहयोग गरेका थिए । यसपटक भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका हुन् ।

पार्टीभित्र सभापति शेरबहादुर देउवा समूहमै रहेपनि जिल्लामा भने अमात्य र राणाले छुट्टाछु्ट्टै प्यानल बनाएका हुन् । प्रदेशसभा क्षेत्रीय अधिवेशनदेखि उनीहरु प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

संस्थापन समूहका अधिकांश नेताहरु राणा समूहमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, संस्थापनइतर समूहका नेता पूर्वमन्त्री ओमकार श्रेष्ठलगायतको समर्थन छ भने अमात्यसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, संस्थापनइतर समूहका नेता पूर्व सांसद चन्द्र महर्जनलगायत छन् ।

जिल्ला अधिवेशनका लागि ललितपुरमा १४ सय मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस