२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस महाधिवेशनस्थलमा रक्तदान कार्यक्रम

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

नेविसङ्घ के यु मेडिकल कमिटीको समन्वयमा नेविसङ्घ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

‘रक्तदान जीवन दान’ भएकाले महाधिवेशनमा सहभागीले चाहेको अवस्थामा रक्तदान गर्न सकून् र कसैलाई तत्काल रगतको आवश्यकता भएमा त्यसको परिपूर्ति गर्न सकियोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको नेविसङ्घ क्षेत्र नं ५ धनगढीका अध्यक्ष गजेन्द्र शाहीले बताए ।

महाधिवेशन उद्घाटनको अवसरमा आज एक दिनका लागि भनिए पनि रक्तदान गर्न इच्छुकको सङ्ख्या बढ्न गएमा भोलि–पर्सि पनि कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

यसैगरी महाधिवेशनस्थलमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । सांसद जिपछिरिङ लामाको सक्रियतामा महाधिवेशनमा आएका प्रतिनिधिका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइएको छ ।

शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकालाई निःशुल्क औषधिको पनि व्यवस्था गरिएको सांसद लामाले जानकारी दिए । शिविरमा डा राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ ।