१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

अ+ अ-

काठमाडौँ । सरकारले १० जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार मन्त्रीस्तरीय निर्णयबाट ८ जना प्रशासन, एक जना स्वास्थ्य र एक जनरल इन्जिनियरिङ गरी १० जना सहसचिवको सरुवा गरेको उच्च स्रोतबाट प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी आएको छ ।

प्रशासनलाई प्राप्त विवरणअनुसार कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यको सोही प्रदेशको आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिलाका सचिव चक्र बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको छ । राजश्व प्रशासन तालिम केन्द्रका दिर्घराज मैनालीको प्रदेश नं. १ स्थित सामाजिक विकास मन्त्रालय, नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी भट्टराईको गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यसैगरी केही दिनअघि मात्रै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका राजेश्वर ज्ञवालीको गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका प्रवक्ता नारायण प्रसाद रिसालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको समावेशी आयोग, केही दिनअघि मात्रै खारेजीमा परेसंगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव भरत अर्यालको झोलुंगे पुल डिभिजन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

पछिल्लो समय मन्त्रालयले कर्मचारीको सरुवामा तीव्रता दिएको छ । आवश्यकताका आधारमा तल्लो तहका कर्मचारीको व्यवस्थापन मात्रै होइन, उपसचिव र सहसचिवहरू नै छोटो छोटो अवधिमा पनि सरुवा भएका छन् । आइतबार पहिलो र दोस्रो चरण गरी भएको ५७ जना उपसचिवको सरुवामा व्यापक असन्तुष्टि आएको छ ।

सम्बन्धित समाचार : थप १५ सहित ५७ जना उपसचिवको सरुवा सूची सार्वजनिक

सम्बन्धित समाचार : ४२ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ?

मन्त्रीको सचिवालय स्रोतका अनुसार मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ अझै ठुलो सङ्ख्यामा सरुवा गर्ने मुडमा छन् ।

प्रतिक्रिया दिनुहोस