११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसीपुरका तीन विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना सङ्क्रमण

अ+ अ-

तुलसीपुर । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकेडेमी र जनता साँस्कृतिक माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँच जना शिक्षकमा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई ‘ओमिक्रोन’ भएको हो वा होइन भनी परीक्षणका लागि टेकुमा पठाइएको र आइतबार रिपोर्ट आइपुग्ने उनको भनाइ छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ ।

पछिल्लो समय शिक्षक र विद्यार्थीमा सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उनले बताए । ‘विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ’, जनस्वास्थ्य निरीक्षक केसीले भने ‘यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।’ केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

मेट्रो अस्पतालका ६ स्वास्थ्यकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए । साथै दुई जना उपमहानगरपालिकाका कर्मचारीमा पनि कोरोना देखिएको छ । प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौँलगायतका स्थानमा ‘टुर’ गएका रहेको निरीक्षक केसीले बताए ।

उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्राय : भेरोसिल, कोभिसिल्ड खोप लगाएकालाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ ।

अहिलेसम्म तुलसीपुरमा ३९ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ११ मात्रै खोप नलगाएका हुन् । राप्ती बाल एकेडेमीका प्राचार्य ठाकुर डाँगीका अनुसार ती सङ्क्रमित भनिएका विद्यार्थी केही दिनदेखि विद्यालय नआएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस