२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेटः एपीएफको जित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो ।

यसअघि हिजो भएको पहिलो खेलमा एपीएफले प्रदेश नं २ लाई २४ रनले पराजित गरेको थियो ।

यस जितसँगै एपिएफले दुई खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको थियो ।

बागमती र प्रदेश नं २ को समान दुई÷दुई अङ्क छ । बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ भने बागमतीले प्रदेशले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाए ।

एपीएफका लागि लोकेश बमले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलको सामना गदै १० चौका र एक छक्काको मद्दतमा ५० रनको योगदान दिए । यस्तै प्रदीप ऐरीले ३६ रन जोड्दै अविजित रहे ।

बलिङतर्फ बागमती प्रदेशका प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो ।

बागमती प्रदेशका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे भने नन्दन यादवले २४, सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए ।

एपीएफका अविनास बोहराले सर्वाधिक ४ विकेट लिए भने कमल ऐरीले दुई विकेट हात पारे । त्यस्तै शरद् भेषवाकर र किशोर महतो एक÷एक विकेट लिए ।