१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा चटारो

अ+ अ-

खलङ्गा । जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् ।

पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ ।

तातोपानी गाउँपालिका – ४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट तथा यसको व्यवस्थापनमा आफूहरु जुटेको जानकारी दिए । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका – १ का कार्यवाहक वडाध्यक्ष नर रावतले बताए ।

बगैँचा व्यवस्थापनकार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरुवा लगाउने सयम समेत सुरु भएको छ ।

जिल्लाका आठवटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैँचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।

पछिल्लो सयमयमा कर्णाली प्रदेश सरकारले स्याउ किसानलाई विशेष अनुदानसमेत दिने गरेको छ । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले बताए ।

स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाटदेखि स्याउ व्यवस्थापन गरिने उनले जानकारी दिए ।

बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालयका प्रमुख गषेशबहादुर अधिकारीले बताए ।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने उनले जानकारी दिए ।

कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरिता महतले बताए ।

सो शाखाले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरुवा रोपिसक्नुपर्ने जनाएको छ । स्याउका बिरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखि स्याउखेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कार्यालयका प्राविधिक सहायक सुकिराम नेपाली बताए ।

छ हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्अनुसार यसवर्ष जिलामा छ हजार १७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनको तथ्याङ्क गत वर्षभन्दा यो वर्ष १९ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २१० मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लको कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । यसको चार हेक्टर जमिनमा गरिएको स्याउखेतीमध्ये एक हजार ८८८ हेक्टरमा मात्रै स्याउ फलेको थियो ।

गत आव। २०७७/७८ मा तीन हजार ८८५ हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ५५४ हेक्टर जमिनमा स्याउ उत्पादन भएको कार्यालयले तथ्याङ्कले देखाएको छ ।

यस वर्ष जिल्लाबाट एकहजार ९०० क्विन्टल निर्यात भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस