८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह

अ+ अ-

धनुषा । मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले रासस तथा अन्य सरकारी सञ्चारमाध्यमलाई सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

पत्रकारले पाठक एवं श्रोता बढाउनका लागि मात्र भए पनि नकारात्मक समाचार लेख्ने गरेका बताउँदै त्यसो नगर्न उनले जोड दिए ।

मधेस प्रदेशको राजधानी जनकपुरमा आजदेखि सुरु भएको राष्ट्रिय समाचार समिति (रासस)का पत्रकारको अभिमुखीकरण कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।

मन्त्री साहले सरकारी सञ्चारकर्मीले नेपाली मिडियाको आचरणमा सुधारका लागि पनि काम गर्नुपर्ने बताए । प्रदेशका पत्रकारलाई उनले रचनात्मक सुझाव आवश्यक भएमा आलोचनात्मकरुपमा पनि लेख्न उनले आग्रह गरे ।

सो तालिमको उद्घाटन कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राईले राससकर्मीले सकारात्मक समाचार लेखनमा जोड दिनुपर्ने बताए । उनले राससलाई केही सुधार गरेर लानु आवश्यकता रहेको बताए।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा आजदेखि सुरु दुई दिने अभिमुखीकरण सुरु भएको हो ।

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक राई, प्रमुख कार्यकारी व्यवस्थापक उत्तम सिलवाल, प्रमुख समाचारदाता कृष्ण अधिकारी, कार्यकारी सम्पादक शीतलप्रसाद महतो, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण लगायतको विशेष उपस्थिति छ । यस कार्यक्रममा मधेस प्रदेशका आठै जिल्लाका राससका संवाददाताको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस