२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो बैतडीको जनसङ्ख्या

अ+ अ-

बैतडी । बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो ।

विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए ।

सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसङ्ख्या १९ हजार ९६५ रहेको छ ।

दशरथचन्द नगरपालिकाको जनसङ्ख्या १६ हजार ७३३, पाटनको जनसङ्ख्या १४ हजार ९४५ र मेलौलीको जनसङ्ख्या ११ हजार २६५ रहेको छ ।

दोगडाकेदार गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७६५, सिगास गाउँपालिकाको जनसङ्ख्या १२ हजार ३२६, डिलाशैनी गाउँपालिकाको जनसङ्ख्या ११ हजार ८८६, शिवनाथ गाउँपालिकाको जनसङ्ख्या नौ हजार ७५८, सूर्नया गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६८१ र पञ्चेश्वर गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६५० रहेको छ ।

बसाइसराइलगायत कारणले जिल्लाको जनसङ्ख्या घटेको प्रमुख पन्तले बताए । उनले भने, “जनसङ्ख्या घट्नुको प्रमुख कारण बसाइसराइ नै हो, तराइको जनसङ्ख्या बढेकाले पहाडबाट बसाइ सरेर तराइ झर्ने बढेका छन् ।”