काठमाडौँ । सरकारले नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ ।
भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
अदालतले ठगी मुद्दामा कैद र जरिवाना ठहर गरेको व्यक्तिलाई नराख्न वन मन्त्रालयले गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले भट्टराईलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
बैठकले अदालतको सजाय हेरेर थप कारबाहीका लागि पनि सिफारिस गरेको छ ।