२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आ–आफ्नो दलमा बैठक गरी चुनावी तालमेलबारे सत्तारुढ गठबन्धनले निर्णय लिने

अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनले चुनावी गठबन्धनका लागि आ–आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको थियो । आ–आफ्नो दल दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

‘जुन कारणले हामीले गठबन्धन बनाएको थियौँ। राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता छ ।’ प्रवक्ता कार्कीले भने,‘गठबन्धन अघि बढ्छ। चुनावी गठबन्धनका लागि आ–आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’

बैठकले संसद्मा महत्त्वपूर्ण विधेयकहरू अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । नागरिकता विधेयक र हवाई उड्डयन विधेयक संसद्मा गम्भीर छलफल गर्नुपर्ने विधेयक रहेको कार्कीले बताए ।

‘संसद् प्रति नै नकारात्मक धारणा जनताप्रति बन्न सक्छ ।’ सरकारका प्रवक्ता कार्कीले भने,‘संसद् बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गर्ने निर्णय गरेको छ ।’

सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएपछि चार दलको बैठक बसेको थियो । एमसीसीमा मात्रै जनमोर्चाको फरक मत रहेकाले अन्य निर्णय प्रक्रिया उक्त दल पनि सहभागी हुने प्रवक्ता कार्कीले दाबी गरे ।