२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनलाई ओलीको चुनौती– भागेर कहाँ जान्छौ ? जनताको अभिमतबाट स्वीपआउट गर्छौँ

अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरूले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनतामा जाने कुरालाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताए ।

अध्यक्ष ओलीले अहिलेको सरकार पाँच जना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दाबी समेत गरे । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने बताए ।

ओलीले भने,’यिनीहरू चुनावबाट भाग्न खोज्दै छन्, भागेर कहाँ जान्छौ ? चुनाव त गराउनै पर्छ । त्यही बेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौ । परमादेशबाट एमालेलाई हटाइयो,अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो, यो भेल अगाडि आउँदै छ, निर्वाचनको माध्यमबाट ।’

अध्यक्ष ओलीले दिनहुँ पार्टी प्रवेशको लहर चलेको उनले बताए ।

उनले वीरगन्जका मेयर पनि एमाले प्रवेश गर्न लागेको भन्दै आउने चुनावमा एमालेले भेल सिर्जना गर्ने दाबी गरे । ओलीले मुद्दा लडेर ल्याएको संसद्ले भत्ता खानेबाहेक केही काम गर्न नसकेको बताए ।