२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय नागरिक अग्रवालविरुद्ध कर छलीको अभियोगमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छलीको अभियोगमा एक जना भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको छ ।

भारत पश्चिम बङ्गाल राज्य सिलगुरी थाना स्थायी ठेगाना भई काठमाडौँ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने अमितकुमार अग्रवालविरुद्ध आज (बुधबार) उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

भारतीय आधार कार्ड र भारतीय राजदूतावासबाट प्राप्त जारी भएको परिचयपत्रका आधारमा अग्रवाल भारतीय नागरिक रहेको खुलेको विभागले जनाएको छ । उनले विमला इन्टरप्राइजेजका नामबाट व्यवसाय गरिरहेका थिए ।

‘उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले कानुन बमोजिम बिजक जारी नगरी अर्डर र इस्टिमेट फर्म, लुज बिल र गैर बिजक जारी गरी मालसामान बिक्री गरी भएको आयलाई आफ्नो आधिकारिक आयमा समावेश नगरी ठुलो परिमाणमा नगर घरमा राख्ने गरेको भेटिएको छ,’ विभागले दायर गरेको मुद्दाको विवरणमा भनिएको छ, ‘यसबाट अग्रवालले आयकर र मूल्य अभिवृद्धि करसमेत छली गरेको देखिन्छ ।’

विमला इन्टरप्राइजेज र यसका सञ्चालक अग्रवालबाट ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना गरी कुल ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ असुल उपर गरिनुपर्ने विभागले दायर गरेको मुद्दाको विवरणमा उल्लेख छ ।