काठमाडौँ । सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेकै दिन तीनैजनाले दर्ज्यानी चिन्ह लगाएका छन् ।
वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकले दर्ज्यानी चिन्ह लगाएका हुन् । सरकारले आज (बिहीबार) बिहान मात्र उनीहरूलाई एआईजीमा बढुवा गरेको हो ।
सम्बन्धित समाचार : मन्त्रिपरिषद् निर्णय : तीन डिआइजीको बढुवा गर्ने