१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्छ’

अ+ अ-

गोदावरी । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।

आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण भएको बताइन् ।

आयुक्त डा। तुलाधरले सङ्घीय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले वैशाख ३० गते हुन लागेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वासिलो, भयरहित ढङ्गले सम्पन्न गराउन सबैको साझा दायित्व भएको बताइन् ।

उनले संविधानले तोकेको जिम्मेवारी पूरा गर्न आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै हरेक स्थानीय तहमा कार्यालय स्थापना भइसकेकाले पत्रकारले आचारसंहिता उल्लङ्घनका घटनालाई निगरानी गर्नुपर्नेमा जोड दिइन् ।

आम मतदातालाई निर्वाचनमा सहभागिता गराउन आवश्यक रहेको बताउँदै उनले मत बदर हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी रूपमा अघि बढाउन सरोकारवाला पक्ष अघि बढ्नुपर्छ भने ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता र दुई हजार १०३ मतदान केन्द्र रहेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस