२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा २४ घण्टामा तीन हजार २७५ जना कोरोनाका नयाँ सङ्क्रमित

अ+ अ-

नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात् बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमित भएपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ९१ हजार ३९३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघ्न थालेको छ ।

थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमितमध्ये ४१ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

कुल सङ्क्रमितमा एक हजार ३५४ जना दिल्लीमा रहेका छन् । हाल राष्ट्रिय राजधानी दिल्लीमा पाँच हजार ८५३ सक्रिय सङ्क्रमित रहेका छन् ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५५ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ९७५ पुगेको छ । भारतभरि अझै पनि सक्रिय सङ्क्रमित १९ हजार १३७ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेका छन् ।

२४ घण्टाको समयावधि अर्थात् बुधबार मध्यरातिसम्म तीन हजार १० जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ४७ हजार ६९९ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन् ।