२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी

अ+ अ-

ललितपुर । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदान स्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदान स्थलमा पठाइएको छ ।

ललितपुरका विभिन्न पालिकाका मतदान स्थलमा खटिने कर्मचारीलाई मतदान सामग्री बुझाएर कार्यस्थलमा खटाइएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई आवश्यक मतपत्र र मतपेटिका तथा सुरक्षासहित मतदान सामग्रीसहित सम्बन्धित पालिकामा पठाइएको उनले जानकारी दिए ।

महाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका कर्मचारी आवश्यक मतदान सामग्रीसहित मतदान स्थल तर्फ गएको र नजिकै रहेको गोदाबरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको मतदान स्थलमा खटिने कर्मचारीलाई पनि आज र भोलि सम्ममा सबै सामग्रीसहित मतदान केन्द्रमा खटिइसक्ने उनले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमला घिमिरेले मतदान स्थलमा खटिने कर्मचारी आजै सवारीसाधनको व्यवस्था गर्दै निर्वाचन सामग्री लिएर कार्यस्थलमा गएको बताइन् । उनले ५८ प्रकारका मतदान सामग्रीसहितको सुरक्षाकर्मीको टोली मतदान स्थलमा पठाइएको बताइन् ।

भोलि प्रत्येक पालिकामा निर्वाचन अधिकृतसहित सर्वदलीय बैठक राख्ने, तीन दिन अगावै सूचना टाँस गर्नेलगायत आयोगले तोकेको काम गर्न निर्वाचनमा खटिएका कर्मचारी मतदान स्थलमा पुगेर सबै तयारीमा लाग्ने उनले बताइन् ।

ललितपुरमा रहेका कूल १३१ मतदान स्थल र २८८ मतदान केन्द्रमा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाचनको तयारी पूरा गरेको उनले जानकारी दिइन् ।

निर्वाचनका लागि ५०० भन्दा बढी मतदाता रहेको मतदान स्थलमा मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कर्मचारी, एक सहयोगीका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवाकोटीले जानकारी दिए।

आवश्यकता अनुसार दुई जना कर्मचारी स्थानीय स्तरमै भर्ना गर्न पाइने व्यवस्थासमेत गरिएको छ । कार्यस्थलमा खटिएका कर्मचारीलाई दुई दिनको तालिमसमेत दिएर परिचालन गरिएको छ ।