२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो : देउवा

अ+ अ-

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् ।

विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भएको बताए ।

उनले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गरे।

प्रधानमन्त्री देउवाले नेपाल पर्यटनका अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारेको सन्देश संसारमा पुर्‍याउन यो विमानस्थल सहयोगीसिद्ध हुने पनि बताए ।

गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध विमानस्थलले पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए । उनले कोभिड महामारीका कारण विमानस्थल निर्माणमा केही ढिलाइ भए पनि सबैको प्रयत्नले सफलतापूर्वक सम्पन्न भएको बताए ।

उनले विमानस्थल निर्माणमा भूमिका निर्वाह गर्ने पूर्व प्रधानमन्त्री तथा पूर्वपर्यटनमन्त्रीलाई धन्यवाद दिए । उनले सबैको साथ र सहयोगका कारण विमानस्थल निर्माणको काम सम्पन्न भएको बताए ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बुद्धभूमिबाट नेपालको शान्ति र समृद्धिको सन्देश विश्वभर प्रवाह हुने बताए । उनले शान्तिको सन्देश लिएर नेपाली र अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट संसारभर पुग्ने विश्वास व्यक्त गरे ।

उनले पर्यटन मन्त्रालयमार्फत सञ्चालनमा रहेका पाँच वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सम्पन्न हुने आयोजनाका रुपमा गौतमबुद्ध विमानस्थल रहेको बताए । यी पाँच वटै आयोजना सम्पन्न भएपछि मुलुकको पर्यटन र आर्थिक विकासले फड्को मार्ने बताए ।

उनले आजैदेखि त्रिभुवन विमानस्थल र गौतबुद्ध विमानस्थल २४ सै घण्टा सञ्चालन हुने घोषणा गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निर्मित यो विमानस्थल अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएपश्चात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्नुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या भई वायुयान उडान अवतरण हुन नसक्ने अवस्थामा छिमेकी मुलुकमा पुर्‍याएर अवतरण गराउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।

सिद्धार्थनगर नगरपालिकामा अवस्थित यस विमानस्थललाई नेपालको एक बहु आयामिक आयोजनाको रुपमा लिइएको जनाउँदै उनले यो गौतमबद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हुनुकासाथै विश्वलाई यस क्षेत्रसँग जोड्ने सम्पर्क माध्यम भएको जनाए ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो ।

पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो ।

एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ ।

अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । चिनियाँ निर्माण कम्पनीद्वारा निर्मित यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भए लगत्तै आन्तरिक एयरलाइन्सले उडान गरिरहेका छन् ।

यहाँबाट निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।