एक हजार २२२ एम्पुल लागू औषधसहित चार जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एक हजार २२२ एम्पुल लागू औषधसहित चार जना पक्राउ


११ जेष्ठ २०७९, बुधबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बालकुमार दास रहेका छन् ।

पक्राउ परेका चारैजनालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागु औषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस