१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा सीमा निगरानीका क्रममा १६ लाख ५३ हजारको सामान सशस्त्र प्रहरीको नियन्त्रणमा

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर ९ गतेसम्म सूर्योदय नगरपालिकाका सात स्थानबाट सशस्त्र प्रहरीले अवैध रूपमा ओसारपसार गरिएका विभिन्न सामग्रीसहित केही पशु चौपाया नियन्त्रणमा लिएको छ ।

अ अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले इलामको सूर्योदय नगरपालिकाका विभिन्न सीमा क्षेत्रबाट अवैध निकासी तथा पैठारी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर ९ गतेसम्म सात स्थानमा गरेको कारबाहीका क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो । सोही अवधिमा अवैध रूपमा ओसारपसार गरिएका केही पशु चौपायसमेत नियन्त्रणमा लिइएको छ ।

बरामद सामग्रीमा १७८ कार्टुन अर्थात् तीन हजार ५६० किलो स्याउ, ५७० किलो फर्सीको बियाँ, २० कार्टुन मदिराजन्य पदार्थ तथा जुत्ता-चप्पललगायत छन् ।

मानेभञ्ज्याङ र छब्बिसेस्थित बोर्डर आउट पोस्ट (बीओपी) सहितको संयुक्त टोलीले सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी र खोलागोदाम क्षेत्रबाट ती सामग्री नियन्त्रणमा लिएको हो ।

सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध निकासी-पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित गस्ती र निगरानी गर्दै आएको छ ।

0 Comments