काठमाडौँ । एक्स्ट्रिम इनर्जी ड्रिंकले ६ जना उपभोक्तालाई सुनको क्यान उपहार दिने गरी विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ ।
कम्पनीले बजारमा उपलब्ध क्लासिकसहित पाँचवटै स्वादका इनर्जी ड्रिंकलाई उपहार योजनामा समेटेको छ ।
योजनामा सहभागी हुन उपभोक्ताले कुनै पनि स्वादको एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गरी क्यानमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । स्क्यानपछि आवश्यक विवरण दर्ता गरेसँगै उपभोक्ता स्वतः उपहार योजनामा सहभागी हुनेछन् ।
कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ ।
नयाँ स्वादको प्रवर्द्धन तथा उपभोक्तासँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले जाडो मौसम लक्षित उपहार योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।






