१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘९० दिने कार्ययोजना ल्याएर समस्या समाधानमा लाग्छौँ’ : उद्योग मन्त्री साह

अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन् ।

यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिस्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले लगानी आकर्षित गर्न प्राकृतिक स्रोत र बजारको सम्भावना मात्र पर्याप्त नहुने बताउँदै कार्ययोजना बनाएर सुधारको काम थालिने बताए ।

उनकाअनुसार लगानीका लागि नीतिगत स्थिरता, पारदर्शिता, सरकारी निर्णय प्रक्रियामा छिटोपना र लगानीकर्ताको विश्वास महत्वपूर्ण हुन्छ । त्यसका लागि ९० दिने कार्ययोजना बनाएर काम अघि बढाउने तयारी छ । पहिलो ३० दिनमा बेलायती तथा नेपाली व्यवसायीका प्रमुख समस्या, लगानीका प्रस्ताव र नीतिगत तथा नियामकीय अवरोध पहिचान गरिनेछ ।

त्यसपछिको ६० दिनभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, अन्य सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरी समाधानका उपाय खोजिनेछ । ९० दिनको अवधिभित्रै सुधारका प्राथमिकता, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र प्रगति मापन गर्ने सूचकसहितको कार्ययोजना तयार गरी कार्यान्वयन तथा अनुगमन अघि बढाइने उनले जानकारी दिए ।

सरकारको कामको मूल्यांकन बैठक र छलफलको संख्याबाट नभई त्यसले व्यवसायीका समस्या समाधान गर्न पुर्‍याएको योगदानबाट हुनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो सफलताको मापन हामीले कति बैठक गर्‍यौँ भन्ने आधारमा होइन, कति अवरोध हटायौँ, कति लगानी सहजीकरण गर्‍यौँ र कति रोजगारी सिर्जना गर्‍यौँ भन्ने आधारमा हुनुपर्छ ।’

नेपाल र बेलायतबीच लामो समयदेखि कायम मित्रता तथा सहकार्यलाई अब आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने मन्त्री साहको भनाइ छ । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकास र लगानी विस्तारको आधार बनाउन सकिने उल्लेख गर्दै उनले मित्रताले अवसर सिर्जना गर्ने भएपनि वास्तविक समृद्धिका लागि लगानी आवश्यक रहेको बताए । उनले नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, हरित प्रविधि, उत्पादनमूलक उद्योग, दिगो पूर्वाधार र सेवा क्षेत्रमा बेलायती लगानीको पर्याप्त सम्भावना रहेको बताउनु भयो । त्यस्तै, नेपाली पस्मिना, गलैँचा, फेल्टजन्य सामग्री, तयारी पोसाक, हस्तकला, परम्परागत वाद्यवादन तथा जडीबुटीजन्य उत्पादनले बेलायती बजारमा थप अवसर पाउन सक्ने उनको भनाई छ ।

लगानीको सम्भावना हुँदाहुँदै पनि नीतिगत अनिश्चितता र प्रशासनिक जटिलताका कारण अपेक्षित लगानी भित्र्याउन चुनौती रहेको उनले स्वीकार गरे। व्यवसायीले उठाउँदै आएका दोहोरो कराधान, कर नीतिको स्थिरता, मुनाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको संरक्षण र निर्यात सहजीकरणजस्ता विषयलाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने उनले प्रतिबद्धता जनाए । विशेष गरी नेपाल र बेलायतबीच प्रस्तावित दोहोरो कराधान उन्मुक्ति सम्झौता (डीटीएए) लाई अगाडि बढाउन आफ्नो मन्त्रालयले अर्थ मन्त्रालय, सम्बन्धित सरकारी निकाय र बेलायती पक्षसँग आवश्यक समन्वय गर्ने मन्त्री साहले बताए। उक्त सम्झौताले दुई देशका लगानीकर्तालाई दोहोरो करको भारबाट राहत दिनुका साथै कर प्रणालीप्रति स्पष्टता र विश्वास बढाउने उनको विश्वास छ । मन्त्री साहले बेलायती कम्पनीहरूलाई नेपालमा संयुक्त लगानी, प्रविधि हस्तान्तरण, उत्पादनमूलक उद्योग र नयाँ सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । बेलायतमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तालाई पनि आफ्नो पुँजी, अनुभव, व्यावसायिक दक्षता र प्रविधिको उपयोग गर्दै नेपालको आर्थिक विकासमा योगदान दिन उनले आह्वान गरे ।

सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पारदर्शी, स्थिर र विश्वासयोग्य व्यावसायिक वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले लगानी र नवप्रवर्तनलाई आर्थिक विकासको महत्वपूर्ण आधार बनाउनुपर्ने बताएका छन् ।

0 Comments