२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीप्रति मन्त्री बडुले दिएका अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग, बैठक केहीबेरलाई स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले दिएका अभिव्यक्तिमाथि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा दिएका अभिव्यक्तिमाथि आज मन्त्री बडुले टिप्पणी गरेका थिए। त्यसक्रममा मन्त्री बडुले प्रयोग गरेका शब्द आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन एमाले सांसदहरूले माग गरेका छन्।

मन्त्री बडुले ‘साउनको महिनामा दृष्टि गुमाएको गोरुले सधैँ हरियो देख्छ’ भन्ने उखान स्मरण गराउँछु भन्ने अभिव्यक्ति दिएका थिए।

ओली प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा डुबेको आरोप मन्त्री बडुको थियो।

‘आफू प्रधानमन्त्री हुँदा कमिसन नै कमिसनको चास्नीमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन परेकोले कमिसनबाहेक के नै देख्न र सोच्न सक्दछ र भन्ने कुरालाई स्मरण गराउँछु,’ मन्त्री बडुले भनेका थिए, ‘यस कुराले पूर्वप्रधानमन्त्री र प्रतिपक्षी दलका नेताकै व्यक्तित्व र गरिमालाई कति क्षति पुर्‍याएको छ स्वयम बुझ्ने विषय हो। सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न पनि म सुझाव दिन चाहन्छु।’

यो अभिव्यक्तिपछि एमाले सांसद खगराज अधिकारीले उठेर नियमापत्ति जनाएका थिए। प्रमुख सचेतक विशाल भट्टराईले मन्त्रीले बोलेका कुरा रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्। सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।