२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्न नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य

अ+ अ-

बनेपा । नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच अर्थतन्त्रमा योगदान पुर्‍याउन र जलविद्युत्को राम्रो उपयोग गर्न हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धनमा सहकार्य गर्ने सहमत भएका छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौता हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म रहनेछ ।

यो समझदारीले मुख्यतः नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न नेपाल विद्युत् प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्नेछ ।

प्राधिकरणको गत वैशाख ७ गते बसेको ९०७ औँ बोर्ड बैठकले स्वीकृत गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युत्को राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन’सम्बन्धी काठमाडौँ विश्वविद्यालयबाट प्रस्तावित परियोजना प्रस्तावलाई पनि दुवै पक्षले औपचारिकता दिएका छन् ।

दुवै पक्षबीच हरित हाइड्रोजन प्रविधिको अनुसन्धान गर्न, ग्रिडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँदे मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने सहमति भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।