१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काले कोभिड–१९ का लागि छुट्ट्याइएको सामाजिक सुरक्षा कोष प्रयोग गरी औषधि आयात गर्ने

अ+ अ-

कोलम्बो । श्रीलङ्कामा आवश्यक औषधीहरू किन्न कोभिड–१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रबार निर्देशन दिएका छन् ।

आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले यो निर्देशन दिएका हुन् ।

राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरुबाट सङ्कलन गरिएको कोभिड–१९स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा कोषमा रहेको अनुमानित छ लाख अमेरिकी डलर प्रचलनमा ल्याई आर्थिक सङ्कटका कारण औषधि खरिदमा देखिएको अभावलाई सम्बोधन गर्न आग्रह गरेका हुन् ।

दक्षिण एसियाली मुलुकमा यो महामारी नियन्त्रणमा रहेकाले यो कोष अन्य स्वास्थ्य सेवा आवश्यकताका लागि प्रयोग गर्न सकिने र खासगरी अस्पतालहरूका लागि आवश्यक औषधिहरू आयात गर्न यसलाई परिचालन गरिने उनले बताए ।

श्रीलङ्का विदेशी मुद्रा अभावका कारण स्वतन्त्रतापछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा रहेको छ । यहाँ आर्थिक सङ्कटका कारण औषधि, इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस