१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय नागरिक हत्या आरोपमा तीन पक्राउ

अ+ अ-

सुरुङ्गा । भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका–१० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् ।

उनीहरूले गत असार १२ गते साँझ भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको कर्तव्य गरी हत्या गरेको भन्दै प्रहरीले तीनैलाई पक्राउ गर्दै आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेलले थापाको घरमा जयन्तीलाल नि चली भर्गब रोड कुँवेर नगर अहमावाद सिटी निवासी ४० वर्षीय नरेशकुमार बाबुको हत्या गरेको बताए ।

कामको सिलसिलामा विसं २०७६ मङ्सिरमा भारत पुगेकी जानुकासँग उनको चिनजान भएको र चिनजानपश्चात् नेपाल आउने गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

विसं २०७९ वैशाख ४ गते नेपाल आउने क्रममा नरेशकुमार बाबुलाई इलाका प्रहरी कार्यालय रानीले ५९ हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो ।

पक्राउपछि उनी आन्तरिक राजस्व कार्यालयबाट धरौटीमा छुटेको र तारेकमा रहेको बताइएको छ ।

सोही क्रममा उनी तारेक बुझाउन नेपाल आएको र जानुकाको घरमा तीन दिनदेखि बसेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जानुकाको घरमा रहँदा जानुकालाई श्रीमान्कै अगाडि दुर्व्यवहार गरेको भन्दै श्रीमान् श्रीमतीकै योजनामा उनलाई मादक पदार्थ सेवन गराउँदै तीन लाख रुपैयाँ दिएर परियारको सहयोगमा उनको हत्या गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

हत्यापछि नरेशकुमारको शव अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा बाँधेर फालेको अवस्थामा फेला परेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नरेशकुमारको हत्याका लागि सुरुमा परियारलाई रु २५ हजार दिएको, उनको हत्यासँगै शव फालेपछि पुन रु एक लाख ७५ हजार दिएको र अर्का एक जना मानिसलाई पनि रु एक लाख दिएको थियो । अर्का व्यक्तिको भने प्रहरीले परिचय खुलाएको छैन ।

नरेशकुमारको हत्या गर्न थापा दम्पत्तिले रु पाँच लाख खर्च गर्ने सहमति भएको र सोही सहमतिअनुसार उनीहरूले रु तीन लाख प्रदान गरिसकेको बताइएको छ । बाँकी रु दुई लाखपछि दिने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस