२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसर नै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ ।

मधेस प्रदेश सरकारद्वारा भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री राउतलाई आज आप्mनो अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो ।

मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि प्रदेश सरकारले आफ्नो मुख्य प्रशासनिक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवको संयोजकत्वमा गठन गरेको थियो । सो समितिले सरोकारवालासँगको छलफल पश्चात तयार पारेको प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरिएको समितिका संयोजकमन्त्री यादवले जानकारी दिए ।

समितिले राजधानीको मूल संरचनाको लागि हाल प्रदेश सरकारको मुख्यालय रहेको जनकपुर चरोट कारखाना परिसरलाई नै मुख्य प्राथमिकतामा राखी राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्थ जग्गालाई समेटेर प्रतिवेदन तयार पारेको मन्त्री यादवले बताए ।

जनकपुर चुरोट कारखाना परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेशसभा भवन रहेको क्षेत्रको जग्गामा आभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणका लागि सिफारिस गरिएको मन्त्री यादवको भनाइ छ ।

प्रतिवेदन ग्रहण गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरी साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए ।