काठमाडौँ । प्रतिनिधिसभामा रिक्त उपसभामुख पद पूर्तिका लागि आज (शुक्रबार) निर्वाचन हुँदै छ ।
दिउँसो ३ बजे बस्ने संसद बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको छ ।
उपसभामुखका लागि सत्तारुढ ५ दलीय गठबन्धनबाट नेपाली काँग्रेसकी पुष्पा भुसाल उम्मेदवार छिन् ।
त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले विद्या भट्टराईलाई मैदानमा उतारेको छ ।
डा. शिवमाया तुम्बाहाङफेले २०७६ माघ ६ मा राजीनामा दिएपछि करिब साढे २ वर्षदेखि उपसभामुख पद रिक्त थियो ।