८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार्जिङ स्टेसन सञ्चालनको सुरुवात रत्नपार्कबाट गर्दै प्राधिकरण

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको उपकरण राख्न सुरु गर्दैछ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गर्दैछिन् ।

प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका अनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ । चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको हो ।

केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणले देशभरका राजमार्ग र मुख्य सहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।

प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्दैछ । खुर्कोट, बनेपा, पथलैया, हेटौँडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरिया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिंदैछ । काठमाडौँको साझा पुल्चोक, साझा बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोडिंदैछ ।

करिब ३७ करोड लागतमा यी चार्जिङ स्टेसन जोड्न लागिएको हो । चीनको वाङडेङ डिजिटल इनर्जीले ठेक्का पाएको यो आयोजनामार्फत भेरियसन गरेर थप १२ वटा चार्जिङ स्टेसन पनि जोडिने भएको छ ।

५ वर्षसम्म ठेकदार कम्पनीले नै यी स्टेसनहरूको मर्मतसम्भार गर्ने छ सञ्चालन र व्यवस्थापन प्राधिकरणले गर्नेछ ।

प्राधिकरणले बैङ्किङ कार्ड र क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था गर्दैछ । चार्जिङ स्टेसनमा सवारी चार्ज गर्न प्रि–बुकिङ प्रणाली बनाइएको छ । यसअनुसार मुग्लिनमा सवारी चार्ज गर्न चाहानेले काठमाडौँबाट सवारी लिएर हिँडेपछि समय बुक गर्न सक्ने प्राधिकरणले जनाएको छ । यसको सबै नियन्त्रण काठमाडौँको कन्ट्रोल रुमबाटै हुनेछ ।

प्रतिक्रिया दिनुहोस