२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गफाडीहरूले देश बिगारे : बाबुराम भट्टराई

अ+ अ-

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले देश नै गफाडीहरूले बिगारेको बताए । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा.भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा काम नगर्ने परिपाटीले मुलुकले दुःख भोगिरहेको बताए ।

मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन, प्रणालीको परिवर्तन भएपनि आर्थिक विकासमा परिवर्तन आउन नसकेको भन्दै डा.भट्टराईले अब सबैले आर्थिक परिवर्तनमा जोड दिनुपर्ने बताए ।

सोही कार्यक्रममा डा.भट्टराईले चार्टर्ड एकाउन्टेन्टहरूले नै अनियमितता र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम गरिरहेको समेत आरोप लगाए । ‘राजनीतिज्ञले भ्रष्टाचार गर्छ, तपाईँलाई सुरक्षित गरिदिनुहुन्छ । व्यापारीले कर छल्छ, दोहोरो एकाउन्ट, बिल बनाउँछ तपाईँहरूलाई ढाकछोप गरिदिनुहुन्छ । फेरि सङ्घ संस्थाले पैसा खुवाउँछ, सम्मान गरिदिन्छ तपाईँहरू त्यसको पनि अडिटमा गल्ती ढाकछोप गरिदिनुहुन्छ । अनि कसरी देश बन्छ ?’ डा. भट्टराईले चार्टर्ड एकाउन्टहरू माथि नै प्रश्न उठाए ।

कार्यक्रममा डा.भट्टराईले आफूलाई लोकतान्त्रिक पार्टी भनेर गर्भ गर्ने नेपाली काँग्रेस जस्तो पार्टीले आर्थिक विज्ञ अर्थविद् डा.स्वर्णिम वाग्लेलाई टिकट दिन नसकेको भन्दै आलोचना गरे ।