२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. कार्की विरुद्धको भ्याकेट २२ नम्बरमा पेसी, के पालो आउला ?

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले डा. तोसिमा कार्की विरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्धको भ्याकेटको निवेदनलाई पेसी तोकिएको छ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो। गोला प्रथाद्वारा तोकिएको पेसीको २२औँ नम्बरमा मुद्दा तोकिएको छ। मुद्दाको पेसी अन्तिममा तोकिएकाले सुनुवाइको पालो आउने सम्भावना न्यून रहेको देखिन्छ।

सर्वोच्च अदालतले ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश कात्तिक १५ गते जारी गरेको थियो।

सर्वोच्चले कार्की लाभको पदमा बसेको भनी व्याख्या गर्न नमिल्ने भन्दै उम्मेदवार खारेजी गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भन्दै उनको उम्मेदवारी कायम गरिदिएको थियो।

न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो। अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको थियो।

सर्वोच्चले आफ्नो निर्णय कार्यान्वयनमा रोक लगाएपछि आयोग शुक्रबार भ्याकेटको निवेदनसहित सर्वोच्च पुगेको थियो। आइतबार दर्ता भएको उक्त भ्याकेटको निवेदन पहिलो सुनुवाइका लागि पेसी तोकिएको हो।

सोमबार उक्त निवेदन सुनुवाइ गर्न नभ्याएमा अर्को दिनका लागि सर्नेछ। मंसिर ४ गतेको निर्वाचनका लागि उनी निर्वाचन प्रचारका क्रममा रहेकी छन्।