२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनलाई भीम रावलको प्रश्न-स्वाभिमानको रक्षा गरौं भन्ने मेरो प्रश्नले घोचेको हो ?

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई नेकपा एमालेका नेता भीम रावलले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेटेको हो ? भन्दै फेरि अर्को प्रश्न गरेका छन् ।

नेता रावलले अमेरिकी राजदूतले काठमाडौँ महानगरका मेयरलाई भेटेको विषयमा उठाएको प्रश्नको जवाफ मेयर साहले आरोपसहित फर्काएपछि अर्को प्रश्न गरेका हुन् ।

उनले नागरिकले उठाएका प्रश्नको तथ्यसंगत जवाफ दिनु पदीय दायित्व भएको बताएका छन् । आज एक विज्ञप्तिमार्फत संवेदनशील विषयमा मेयर साहले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारीपूर्ण प्रयाप्त र इमान्दार जवाफ ठहरिने बताए।

उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको अमेरिकी राजदूतसँगको भेटवार्ता परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको हो कि होइन भनी प्रश्न गरेका थिएँ । तर बालेनले ‘तपाईँहरू जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन’ भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेको उनको भनाइ छ ।

नेता रावलले भनेका छन्,‘ नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाइले घोचेको हो कि ? म फेरी पनि बालेनजीलाई प्रश्न गर्छु, के तपाईले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नु भएको हो रु तपाईले भन्नु भए झैँ ‘उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएको जानकारी तपाईलाई कसरी भयो ? परराष्ट्र मन्त्रालयको पत्रबाट ? फोनबाट वा इमेलबाट ? पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस् ।’

आवेश, उत्तेजना र ओठे जवाफ जनउत्तरदायी प्रणालीसँग मेल नखाने उनले बताए ।साथै नेता रावलले महानगरलेपेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै बताए ।

रावलले भने,‘तपाईले असान्दर्भिक नै भए पनि जवाफमा “विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्नु भएको कुरालाई जनताले सम्झने नै छन् तथा तपाईले पेश गर्ने वार्षिक पेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ । बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ ।’