२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’बाट ९ हजारले गराए स्वास्थ्य परीक्षण

अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको बताए ।

गाडीमै जडान गरिएको प्रयोगशालाबाट आवश्यक स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिने गरिएको छ । यसले बजारका अस्पतालमा धाइरहनुपर्ने ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको छ ।

शिविरमा स्वास्थ्य जाँच गराएकालाई उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधि त्यही उपलब्ध गराउँदै आएको छ । वीरगञ्जको वडा नम्बर ३० लालपर्साबाट गत भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको थियो । आइतबारदेखि पुनः अर्को वडामा यो अभियान सञ्चालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए ।

अहिलेसम्म नौ वटा वडामा चलेको कार्यक्रममा पाँच हजार पाँच सय ६२ महिला र तीन हजार दुई सय १७ पुरुषले स्वास्थ्य जाँच गराएका छन् ।