१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड र ओली मन्त्रालय बाँडफाँडमा राप्रपा र जसपाको निर्णय पर्खिँदै

अ+ अ-

काठमाडौँ । नयाँ राजनीतिक समीकरणमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै सत्ता गठबन्धनको ध्यान अब शक्ति बाँडफाँडमा केन्द्रित भएको छ ।

गठबन्धनको अध्यक्ष स्तरीय संयन्त्रको बैठकमार्फत शक्ति सन्तुलनसहितको भागबन्डामार्फत सरकार विस्तारदेखि प्रदेश सरकार गठनको गृहकार्यमा दलका शीर्ष नेताहरू केन्द्रित हुने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली आज मङ्गलवार झापा जानुपरेकाले दिउँसो बस्ने भनिएको नेताहरूको बैठक बेलुकासम्मलाई धकेलिएको छ । पहिलो चरणमा प्रधानमन्त्री, राष्ट्रपति र उपसभामुखमा एमाले र माओवादीले सहमति गरिसकेका छन् । ती पदबाहेक मन्त्रालयहरू, मुख्यमन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतमा प्याकेजमा सहमति जुटाउने तयारी छ ।

नयाँ सत्ता गठबन्धनसँग सातै प्रदेशमा बहुमत रहेका कारण मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखसहितका पदमा हुने सहमतिलाई समेत चासोका साथ हेरिएको छ । त्यो बाहेक संसदीय समितिका सभापतिमा पनि सत्ता साझेदार दलहरूबीच सहमति हुन पर्ने नेताहरूको भनाइ छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबिच सोमबार भएको भागबन्डाबारे सामान्य छलफलमा नेताहरूले मन्त्रालय दाबी गर्दा एमालेले १० देखि ११ माओवादी केन्द्रले ५ देखि ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राप्रपा ३, जनमत र नागरिक उन्मुक्तिले २,२ मन्त्रालयको दाबी गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस