१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध बालुवाको तस्करी रोक्न वडा कार्यालयको निगरानी

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ स्थित दोदा नदीबाट बालुवा अवैध रूपमा उत्खनन हुन थालेपछि वडा कार्यालयले निगरानी बढाएको छ ।

नदीबाट रातको समयमा बालुवा अवैध रूपमा उत्खनन हुन थालेपछि निगरानी बढाइएको हो ।

बालुवाको जथाभाबी उत्खनन हुन थालेपछि प्रहरीसँगको समन्वयमा विशेष गरी राति दुई बजेदेखि चार बजेसम्म निगरानी बढाइएको वडा अध्यक्ष नवलसिंह रानाले बताए ।

‘धेरै पटक अवैध रूपमा बालुवा उत्खनन गरेको पाइएपछि प्रहरीलाई खबर गरी बालुवा उत्खनन रोकेका छौँ’, उनले भने, ‘दिउँसो बालुवा उत्खनन गर्न नपाइने भएपछि रातको समयमा बालुवा उत्खननको हुन थालेको छ ।’

उनका अनुसार अवैध रूपमा बालुवा उत्खनन हुँदा भू–क्षय हुनबाट जोगाउन नदीमा लाखौँ रकम खर्चेर निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ । नदी गहिरिँदै गएपछि तटबन्ध भत्कने अवस्थामा पुगेको छ । जथाभाबी बालुवा उठाइदा नदीको गहिराई दुई फिट बढेको अध्यक्ष रानाको भनाइ छ ।

‘वातावरणीय प्रभाव मूल्याङ्कन गरी नदीको बालुवा वैधानिक रूपमा उत्खननका लागि ठेक्का प्रक्रियामा जानुपर्छ’, अध्यक्ष रानाले भने, ‘यसबारे नगरपालिकामा कुरा उठाएका छौँ, अहिलेसम्म सुनवाइ भएको छैन ।’ अवैध रूपमा बालुवा उठाएर लैजाँदा नगरपालिकालाई लाखौँ रकम बराबरको राजस्व गुमेको छ ।

बालुवा बस्ती नजिकका क्षेत्रबाट उठाइने भएकाले जोखिम बढ्दै गएको स्थानीय घुम्मन रानाको भनाइ छ । ‘बालुवाको तस्करी नरोकिए आउँदो वर्षातमै धेरै ठाउँमा तटबन्ध भत्किएर बाढीको पानी बस्तीमा छिर्ने सम्भावना बढेर गएको छ’, उनले भने ।

उनका अनुसार दैनिक नदी क्षेत्रबाट दुई दर्जन बढी ट्रयाक्टरमा अवैध रूपमा बालुवा उत्खनन भई तस्करी हुने गरेको छ । नगरपालिका क्षेत्रभित्र पर्ने नदीबाट लालझाडी गाउँपालिकाले दुई वर्ष ठेक्का सम्झौता गरी बालुवा उत्खनन गरेको स्थानीयको भनाइ छ । चालु आर्थिक वर्षमा भने गाउँपालिकाले टेन्डर आह्वान गरेको छैन ।

दोदा नदी शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिको सीमा नदी हो । दुवै पालिकाले नदी क्षेत्रको सिमाङ्कन गर्नुपर्ने वडा अध्यक्ष रानाको तर्क छ । ‘नदीजन्य पदार्थको उत्खनन गरी लाखौँ राजस्व सङ्कलन गर्न सकिन्छ’, उनले भने, ‘बजेटका लागि सङ्घ र प्रदेश सरकालाई गुहार्नु पर्दैन ।’

यसैगरी सनवोरा नदी क्षेत्रको कलुवापुर र पिपलाडी क्षेत्रबाट समेत अवैध रूपमा बालुवा उत्खनन भइरहेपनि नियन्त्रणको प्रयास भने भएको छैन । नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले आफ्नो जग्गा नदीको बाढीले बगाएकाले नदीको बालुवा बिक्री गर्दै आएको बताउँदै आएका छन् ।

नगर प्रमुख रणबहादुर महराले आगामी आवमा नगरपालिका क्षेत्र भित्रका सबै नदीहरूको वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य गरी गाउँ बस्ती र वातावरणलाई असर नपर्ने ठाउँमा नदीजन्य पदार्थ उत्खननका लागि टेन्डर आह्वान गरी ठेक्का सम्झौता गरिने बताए ।

दोदा नदीमा नदीजन्य पदार्थ उत्खननका लागि लालझाडी गाउँपालिकासँग समन्वय गरिने उनको भनाइ छ । अवैध भइरहेको बालुवाको तस्करी रोक्नका लागि काम अघि बढाइने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस