९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

अ+ अ-

काठमाडौँ । सिरिया र टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । गएको सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २० हजार जना नाघेको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये झण्डै १५ हजार जना टर्कीका रहेका छन् । अझै पनि केही मानिस जीवितै भेटिने आसामा उद्धारकर्ताले कठ्याङ्ग्रिँदो रातमा समेत उद्धार कार्य जारी राखेका खबरमा उल्लेख छ ।

यसैबीच, सिरियाको उत्तर पश्चिममा रहेको भूकम्प प्रभावित क्षेत्रमा पहिलो पटक राहत सामग्री पुगेको छ । विद्रोहीको कब्जामा रहेको उत्तर पश्चिम क्षेत्रमा संयुक्त राष्ट्र सङ्घले ४ वटा लरीमार्फत राहत सामग्री पठाएको खबरमा उल्लेख छ । यसअघि विद्रोही समूहले अनुमति नदिँदा र सडक भत्किएका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन ।

टर्कीमा उद्धार र राहतको कामले केही तीव्रता पाए पनि सिरियामा भने अवस्था निकै दयनीय रहेको छ । यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले टर्की र सिरियामा भूकम्पपछिको स्वास्थ्य सङ्कटको चेतावनी दिएको छ । शवको उचित व्यवस्थापन नहुनु, स्वच्छ खाना र पानीको अभाव तथा माइनसमा रहेको तापक्रममा पनि उचित बासस्थान र ऊर्जा नहुँदा स्वास्थ्य सङ्कट आउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो । गम्भीर सङ्कट आउनुअघि नै गाँस, बास र कपासको उचित व्यवस्थापनमा लाग्न डब्ल्यूएचओले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस