७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

अ+ अ-

काठमाडौँ । कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु हुँदैछ । त्यस अवसरमा आज बिहान यहाँ प्रभातफेरी गरिएको छ ।

सम्मेलनका अवसरमा वीरगञ्जको घण्टाघरबाट सम्मेलनस्थल टाउन हलसम्म प्रभातफेरी गरिएको छ । सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ । शनिबारदेखि केन्द्रीय कार्यकारिणी परिषद्को ४८औँ बैठक संयुक्तरूपमा हुने तय भएको छ । नेपाल कानुनी व्यवसायी परिषद्को तथ्याङ्कअनुसार नेपालभर करिब तीन हजार कानुन व्यवसायी महिला छन् भने सम्मेलनमा तीन सयभन्दा बढी कानुनी व्यवसायी महिला सहभागी भएको बारका महासचिव अञ्जिता खनालले जानकारी दिइन् ।

बारको कार्यकारिणी बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले उद्घाटन गर्ने कार्यक्रम छ । ‘पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ नाराका साथ आयोजना गर्न गरिएको उक्त सम्मेलनमा बारले ‘वर्तमान अवस्थामा बारको भूमिका भावी कार्य योजनासहितको मार्गचित्र’बारे छलफल गर्नेछ ।

त्यस्तै सम्मेलनले समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानुन व्यवसायी महिलाको भूमिका, सङ्घीय संरचनामा महिला सहभागिता, पेशागत चुनौती, हिंसापीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायत विषयमा विभिन्न विषयमा अवधारणा पत्र र कार्य योजनामाथि बृहत् छलफल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस